काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धामा रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ।
आइतबार प्रल्हादकुमार योगीको एकल इजलासले रविसँग एक करोड रुपैयाँ धरौटी मागेर छाड्ने थुनछेकको आदेश गरेको हो। रविले साँझ नै धरौटी बुझाएर छुटेका छन्।

यसअघि कास्की जिल्ला अदालतले उनीसँग ६५ लाख रुपैयाँ र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो। दुवै अदालतमा पनि धरौटी बुझाएर उनी छुटेका थिए। रविविरुद्ध चितवन र पर्सा जिल्लामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो।
विभिन्न ५ वटा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप रविमाथी लागेको थियो।


