काठमाडौं । रवि लामिछानेलाई तीनवटा जिल्ला अदालतले गरेर २ करोड २५ लाख रुपैयाँ धरौटी मागेको छ। कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी मागेकामा आइतबार रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको थियो।
पर्सा र चितवन जिल्लामा पनि रविविरुद्ध सहकारी ठगी सम्बन्धी अनुसन्धान भएको थियो।

तीनवटै जिल्ला अदालतमा उनी धरौटी बुझाएर त्यसमा पनि आदेश भएकै दिन छुटेका छन्। रविले कसरी जुटाइरहेका छन् धरौटी भन्ने विषयमा हामीले अधिवक्ता लेखनाथ भट्टराईसँग कुराकानी गरेका छौँ।


