काठमाडौं। सरकारले सामाजिक सन्जालको नियमन र यसबाट हुने अपराध र त्यसमा हुने सजायको व्यवस्था गर्दै संसदमा विधेयक लगेको छ।
प्रस्तावित ऐनका व्यवस्थालाई लिएर यतिबेला प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका पक्षधरहरुले चर्को विरोध गरिरहेका छन्।

संसदले यो विधेयक जस्ताको तस्तै पारित गरे जनतालाई के अप्ठेरो पर्छ भन्नेबारे हामीले मिडिया तथा सामाजिक सन्जाल अध्येता कृष्ण आचार्यसँग कुराकानी गरेका छौँ।


