काठमाडौं। फोर नेसन्स महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले किर्गिजस्तानलाई १-० गोलले हराएको छ।
सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिजस्थानमाथी जित हात पार्न निकै संघर्ष गर्नु पर्यो। नेपालको जितमा विमला चौधरीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। नेपाल अग्रपंक्तीमा बारम्बार चुक्यो।

रेखा पौडेल र दोस्रो हाफमा मैदान छिरेकी सावित्रा भण्डारी फिनिसिङमा कमजोर देखिए। नेपालले आगामी खेलमा लेबनान र म्यानमारसँग खेल्ने छ।


