काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउदा लागेको झन्डै १८ करोड रुपैया रिण र त्यससग जोडिएर अदालतमा परेका मुद्धाको भारी बोकेर उकुसमुकुस हुुदै हिडिरहेका चर्चित कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस फेरी अर्को कानुनी झमेलामा परेका छन्।

करडौं लगानी गरेर धुर्मुसका भाइ कुमारसहितको टिम जेपिटि प्रोडक्सनले निर्माण गरेको फिल्म लाज शरणममार्फत धुर्मुस आफ्नो जिवनमा परेको विपद्बाट भेन्टिलेसन खोजिरहेका थिए। यो फिल्ममा धुर्मुसको भूमिका निर्माण पक्षले गोप्य राखेको थियो।
धुर्मुसमाथी एकातर्फ धुर्मुस सुन्तली फाउन्डेसनले संकलन गरेको चन्दा अपचलन गरेको आरोप लागिरहेको थियो भने अर्कातर्फ उनी सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण जिम्मा लिएर भुक्तानी नगर्दा १८ करोड रुपैया रिणको भारी बोकिरहेका थिए। सार्वजनिक रुपमा नमिठो टिप्पणी हुने डरले उनि सामाजिक सन्जालमा समेत केही लेख्न र पोस्ट गर्न आट गर्न सकिरहेका थिएनन्। उनी ५ वर्षयता फिल्महरुमा देखिएका छैनन्।
लाज शरणम निर्माण पक्षले धुर्मुसलाई पुनरागमन गर्न यो फिल्म सफल हुने विश्व्ँँस लिएको थियो। शिवरात्रीको अवसर पारेर फागुन १४ गते फिलिम रिलिजको साइत तय पनि भएको थियो। स्रोतका अनुसार धुर्मुस यो फिल्म व्यावशायीक रुपमा सफल हुने विश्वासमा थिए। फिल्म सफल भएपछि सरकारले दिइरहेको दुखबारे उनी बोल्ने तयारीमा थिए।
तर फिल्ममा धुर्मुसले निर्वाह गरेको चरित्रलाई लिएर निर्माण पक्षले कानुनी झमेला ब्यहारेको छ। रिलिज समय आउन झन्डै एक साताअघि प्रदर्शनमा रोक लगाउदै अदालतले एउटा आदेश गरेको छ जसका कारण निर्माण पक्ष, धुर्मुस यतिबेला तनावमा छन्। अदालतको आदेशले फिल्म कहिले प्रदर्शन हुने मात्र होइन,फिल्म प्रदर्शन होला की नहोला भन्नेमा आशंकाहरु उत्पन्न भएका छन्।
फिल्मको लफडा यसअघि सार्वजनिक भएका पोस्टरलगायत प्रचार सामग्रीहरुबाट सुरु हुन्छ जसमा धुर्मुसलाई हाल जेलमा रहेका तत्कालिन कांग्रेस सांसद मोहम्मद अफताल आलमजस्तै देखिन्छ। त्यसैले फिल्मको प्रचार सामग्री सार्वजनिक भएसगै लाज शरणम्मा धुर्मुस अफताब आलमको चरित्रमा प्रस्तुत हुन लागेको भनेर अनुमानहरु भइरहेका थिए।
तर फागुन २ गते अफताब आलमले उच्च अदालत पाटनमा मुद्धा हालेपछि लाज शरणम कानुनी झमेलामा पर्न थाल्छ। अफताब आलमले निर्माण पक्षले अनुमती नलिई आफ्नो मुखाकृती, पहिरन, जिउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवजसहित पात्र बनाएर फिल्म तयार गरेको भन्दै लाज शरणमको रिलिज रोक्न माग गर्छन्।
अदालतले फिल्मको स्क्रिप्ट र श्रव्यदृश्य सामग्री मगाउने आदेश गर्दै अन्तरिम आदेशका लागि फागुन ६ गतेलाई बोलाउछ।
मंगलबार लालबहादुर कुवर र हेमन्त रावलको संयुक्त इजलासमा अन्तरिम आदेश दिने की नदिने भन्ने विषयमा बहस हुन्छ। न्यायधिशहरुले फिल्मको स्क्रिप्ट र श्रव्यदृश्य सामग्री हेर्छन्। त्यसपछि लाज शरणमको विज्ञापन सामाजिक सन्जाल तथा अन्य सार्वजनिक सन्चार माध्यमहरुमा प्रचार प्रशार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिन्छन्। फिल्म रिलिजका लागि अनुमती दिन की नदिने भन्ने विषयमा अदालतले केही बोलेको छैन। त्यसबारे सन्चार मन्त्रालयअन्तर्गत रहेको केन्द्रिय चलचित्र जाच समितिले निर्णय गर्ने भनिएको छ।
कुनैपनि फिल्म रिलिज हुनुअघि चलचित्र जाच समितीमा निवेदन दिनुपर्ने र समितीले रिलिजका लागि अनुमती दिन सक्ने र नदिन सक्ने अवस्थाबारे चलचित्र निर्माण प्रदर्शन वितरण ऐन २०२६ को दफा ८ मा व्यवस्था गरिएको छ।
लाज शरणमको हकमा जाच समितीले उक्त ऐनको दफा ८ को उपदफा ३ बमोजिम निर्णय लिने उच्च अदालत पाटनको आदेशमा उल्लेख छ। दफा ८ को उपदफा ३ मा कुनै व्यक्ति विशेषको मानहानी हुने देखिएमा प्रदर्शन अनुमती दिइने छैन भनिएको छ। तर मानहानी हुने अंश काटछाट वा हेरफेर गरेर भने प्रदर्शन अनुमती दिन सकिने कानुनी व्यवस्था छ। जाच समितीले गरेको अनुमती दिने निर्णयलाई सरकारले आवश्यक ठानेमा उल्ट्याउन सक्ने वा काटछाट गरेर मात्र अनुमती दिन सक्ने पनि ऐनको व्यवस्था छ।
एक सातापछि प्रदर्शनको मिती तोकिएको लाज शरणमले जाच समितिमा मंगलबारसम्म अनुमती पाइसकेको देखिएको छैन। लाज शरणम निर्माण पक्षले ट्रेलरसमेत सार्वजनिक गरेको छैन। निर्माण टिम र कलाकाहरुहरु भने फिल्मको प्रचारमा मिडियाहरुमा व्यस्त छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको फिल्मको एउटा गित भने ९ दिन अघि बालेनकै युट्युब च्यानलमा रिलिज भएको थियो जुन बुधबार साझसम्म ३६ लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ।
सक्कि गोनी टेलि सिरियलमा काम गरेका हरि निरौला कक्रोज, अर्जुन घिमिरे पाडे, सागर लम्साल बलेलगायतले यसमा अभिनय गरेका छन्। निर्देशक रहेका कुमार कट्टेल पनि सक्कि गोनीका प्रमुख कलाकार हुन्।
नेपाली फिल्ममा यस किसिमको विषयलाई लिएर मुद्धा परेको यो दुर्लभ घटना हो। पछिल्लो समय नेपाली फिल्महरु रिलिज पूर्व र रिलिज भइरहेका बेला विवादमा आउनेक्रम बढिरहेको छ।
यसअघि आफ्नो फिल्मको नामसग मिलेको भन्दै प्रदर्शनको पूर्व सन्ध्यामा एक्टर टेक २ माथी अदालतले रोक लगाएको थियो। यदपी दुवै पक्ष बसेर विवाद समाधान भएको थियो। लाज शरणमका विषयमा अब के हुन्छ हेर्न बाकी छ। फिल्म निर्माण पक्षले भने अफताब आलमसग पात्रको हाउभाउ मिल्नु संयोग मात्र भएको स्पष्टीकरण दिइरहेको छ।
अफताब आलम कर्तव्य ज्यान मुद्धामा हाल जेलमा छन्। २०६४ को चुनावको अघिल्लो दिन निर्वाचनलाई प्रभाव पार्ने गरी तयार भइरहेको बम विस्फोटमा घाइते र ज्यान गुमाएकालाई इटाभटमा राखेर मारेको अभियोग उनीमाथी छ।
कहानी नमिलेपनि कसैको हाउभाउ,अनुहारसग मिल्ने गरेर चरित्र तयार गर्न पाइने की नपाइने यो विवादमा एउटा निश्कर्ष निस्कने छ। अदालतले दिएको अन्तरिम आदेशले जाच समितीलाई निर्णय लिन सहज हुने छैन। यता प्रर्दशन रोक्न नहुने भन्दै चलचित्र सम्बन्ध संस्था र व्यक्तिहरुले आवाज उठाइरहेका छन्।
विश्वमा अनुमती लिएर जिवन कहानीमै बायोपिक बनेका भने थुप्रै उदारहण छन्। नेपालमै महिला खेलाडी एन्जिला तुम्बापो सुब्बामाथी बनेको बायोपिक केही समयमा रिलिज हुदै छ। यतिबेला अर्को तनाव झेलिरहेका धुर्मुसले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका कारण पाइरहेको दुखबारे भने हामी अर्को भिडियोमा चर्चा गर्ने छौ।


