काठमाडौं । नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा फेरी एकपटक निराशा ब्यहोरेको छ। घरेलु मैदानमा भएको चार देश सहभागी आमन्त्रण प्रतियोगिताको फाइनलमा नेपाल बुधबार म्यानमारसंग २–० गोलले पराजित भयो।
दोस्रो हाफमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल ब्यहोरेको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन। १३ पटक फाइनल पुगेपनि हरेकमा उपविजेतामा सिमित भयो।

नेपाली महिला फुटबल टोली सन् २०१० मा पहिलोपटक फाइनल पुगेको थियो।


