काठमाडौं– शुक्रबार बिहान देशभर भुकम्पले धक्का दिएको छ। निदाइरहेका मानिसहरु ब्यु“झिने गरी भुकम्प गएको थियो।
भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको हो।
क्षतीको विवरण भने आइसकेको छैन।

अन्तिमपटक नेपालमा माघ ३० गते जुम्लालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भुकम्प गएको थियो।


