काठमाडौं। अमेरिकाले बुधबार ९ जना नेपालीलाई डिपोर्ट गरेको छ। एक महिलासहित ८ जनालाई चार्टर्ड विमानमार्फत नेपाल पठाइएको छ।
यस्तै एक जनालाई भने कमर्सियल फ्लाइटमार्फत नेपाल पठाइएको अध्यागमन विभाग स्रोतले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासन आएयता त्यहाँबाट ३५ जना नेपालीलाई डिपोर्ट गरिएको छ।

कागजात नभएका, विभिन्न अपराधमा संलग्नहरुलाई ट्रम्प प्रशासनले आफ्नो देश फिर्ता गरिरहेको छ।


