काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। महानगरले आइतबार साँझ जरिवाना तिर्न राप्रपालाई पत्र काटेको थियो।
भोलिपल्टै राप्रपाले जरिवाना बुझाएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएका राजावादीहरुले चक्रपथ सडक खन्डका विभिन्न भागमा फोहोर गर्नुका साथै भौतिक क्षती पुर्याएको भन्दै महानगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको थियो।

राप्रपाको नेतृत्वमा राजावादीहरु ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए। हजारौँ समर्थकहरुले ज्ञानेन्द्रलाई एयरपोर्टमा स्वागत गर्दै निर्मल निवासतर्फ जयजयकार गर्दै छाडेका थिए।
यसअघि नेकपा एमालेलाई महानगरले गरेको जरिवाना भने अझै भुक्तान भएको छैन। एमालेले जरिवाना तिर्न इन्कार गर्दै आएको छ।


