काठमाडौं। नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवशायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा प्रति तोला ४ हजार रुपैयाँले बढेको हो।

यसअघि सुनको मुल्य एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो। गत कात्तिक १५ गते सुन प्रति तोला एक लाख ७१ हजार रुपैयाँ मुल्यमा कारोबार भएको थियो।
भन्सार दर सरकारले आधा घटाई दिएपछि गत मंसिर १० गते एक दिन सुनको भाउ प्रति तोला करिब १६ हजार रुपैयाँले घटेर एक लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको थियो।
त्यसको अघिल्लो दिन प्रति तोला एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
माघ २९ गते फेरी एक लाख ७० हजार रुपैयाँ नाघेको थियो।



