काठमाडौं। पेट्रोलियन पदार्थको मुल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर ४ रुपैयाँ घटेको छ। नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय ६३ तथा डिजेल र मट्टिटेल एक सय ५१ रुपैयाँ पर्ने छ।
नयाँ दर शनिबार रातीदेखि नै लागु भएको छ।



