काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख दीपक थापा बनेका छन्। मन्त्रि परिषद्को सोमबार बसेको बैठकले थापालाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो।
थापाले मंगलबार कार्यभार सम्हाल्नेछन्। बसन्तबहादुर कुँवरले अवकाश पाउनु अघिल्लो दिन सरकारले नयाँ आईजिपीबारे टुंगो लगाएको हो। कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबार रातीबाट अवकाशमा गएका छन्।

नयाँ आईजीपिका लागि तीन जना एआईजी दावेदार थिए। सरकारले सुदिप गिरी र टेकबहादुर तामाङभन्दा वरिष्ठताक्रममा अगाडी रहेका थापालाई आईजिपी बनाउने निर्णय गरेको हो।
थापाले २०५२ सालमा प्रहरी सेवा थालेका हुन्। उनी कम्तिमा ६ महिना नेपाल प्रहरीको आईजिपी रहनेछन्।


