काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट सन्चालन हुने परिक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

