काठमाडौं। २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका कुसाङ लामामाथी यतिबेला अनुसन्धान भइरहेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत सोमबार साँझ ४३ वर्षीय कुसाङलाई काठमाडौंको झोरबाट ट्रकमा उक्त रकम लुकाएर रसुवा जाँदै गर्दाको अवस्थामा पक्राउ गरेको थियो।

उक्त ट्रक कुसाङकी आमाको नाममा दर्ता रहेपनि कुसाङ यो घटनामा भरिया मात्र भएको पाइएको छ। गत माघ २९ गते कुसाङकी आमाको नाममा उक्त ट्रक नामसारी भएको थियो।
तर आर्थिक अवस्था कमजोर भएको कुसाङको परिवारले कसरी त्यो ट्रक जोड्यो भन्नेमा प्रहरीले सुरुवातदेखि आशंका गरिरहेको छ। कुसाङ यसअघि ७ केजी सुनसहित पक्राउ परेका थिए। २०७३ सालमा पक्राउ परेका उनी ५ वर्ष जेल बसेर छुटेका थिए।
एक वर्ष मात्र कैद सजाय भएपनि जरिवानाबापतको रकम तिर्न नसक्दा उनी थप ४ वर्ष जेल बसेका थिए।


