काठमाडौं। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरमाथी ऐतिहासिक जित हात पारेको छ। शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले हरायो।
सिंगापुरमै भएको खेलमा नेपालका जिलेस्पीजङ कार्कीले गोल गरे। उनले १२ औँ मिनेटमा गोल गरेका थिए। नेपालले सिंगापुरलाई ३६ वर्षपछि हराएको हो। फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथी रहेको छ।

नयाँ प्रशिक्षक म्याट रोसको प्रशिक्षणमा नेपालले पहिलो खेलमै जित हात पारेको हो। एसिया कप छनोटको तयारीका लागि नेपालले सिंगापुरसँग मैत्रिपूर्ण खेल खेलेको हो। नेपालले मलेसियासँग सोमबार प्रतिस्पर्धा गर्दै छ।

