काठमाडौं। सरकारले नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेका घिसिङलाई सोमबार बसेको मन्त्रि परिषद् बैठकले हटाउने निर्णय गरेको हो।
यसअघि कुलमानलाई किन नहटाउने भन्दै पटकपटक स्पष्टिकरण सोधिएको थियो। कुलमानलाई हटाइएपछि सत्तारुढ नेपाली कांग्रेसकै महामन्त्री गगन थापा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले चर्को विरोध गरेका छन्।

सरकारले कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।



