काठमाडौं। काठमाडौंमा शुक्रबार एकै दिन गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन गर्दैछन्। तीनकुनेमा राजावादीले प्रदर्शन गर्दैछन् भने समाजवादी मोर्चाले भृकुटीमण्डपमा आफ्नो शक्ति उतार्दै छ।

राजावादीहरुले राजसंस्था पुनर्वहालीको एजेन्डासहित निरन्तर प्रदर्शन गरिने संयुक्त जनआन्दोलन समिती संयोजक नवराज सुवेदीले बताएका छन्।
समितीले सरकारलाई एक साताको समय दिएर आन्दोलन गर्दै छ। यता विपक्षी चार दलहरुले सरकार र व्यवस्था परिवतर्न दुवैको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्। समाजवादी मोर्चामा माओवादी र समाजवादी एकिकृतलगायत दलहरु छन्।
प्रदर्शनका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सम्भावित झडप र राजावादीहरुका सम्भावित गतिविधी प्रहरीका प्रमुख चुनौती रहेका छन्।


