काठमाडौं। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएका अराजक गतिविधिपछि प्रहरीले आयोजकतर्फका नेता र संलग्नहरुको खोजी गरिरहेको छ।
प्रहरीले हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नेता रविन्द्र मिश्र, सांसद धवल शमशेर जबरा, अधिवक्तासमेत रहेका स्वागत नेपाल र आफुलाई पुष्कर खतिवडालाई पक्राउ गरेको छ।

उक्त प्रदर्शनका मुख्य आयोजक दुर्गा प्रसाईलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। प्रसाई घटना भएकै दिनदेखि फरार छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।
राजावादीको प्रदर्शनका क्रममा गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको थियो। यस्तै राजावादीले आगो लगाएको घरमा परेर एक जना पत्रकारको पनि मृत्यु भएको छ।
प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए। घर माथीबाट अश्रु ग्याँस प्रहार गरेपछि प्रदर्शनकारीहरु भड्किएको दावी राजावादीहरुले गरिरहेका छन्।


