जरिवानाको पत्र लिएर पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बसिरहेको निर्मला निवास पुगेको काठमाडौं महानगरपालिाको प्रहरी निराश भएर फर्किएको छ।
आइतबार बिहान महानगरका प्रहरी पत्र लिएर निर्मल निवास पुगेका थिए। गेट खोलेर भित्र पस्नासाथ उनिहरुलाई त्यहा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका अधिकारीहरुले बाहिर निकाले।।
कस्ले छिराइएको तपाईहरुलाई भन्दै उनी नगर प्रहरी र सन्चारकर्मीहरुसँग झोक्किएका थिए। महागरका प्रहरीलाई निर्मल निवासको गेटबाट हटाउनेक्रममा सुरक्षाकमीले त्यस्तो कुनै पत्र बुझ्न भनेर भित्रबाट निदैशन नआएको र बुझ्नुपर्ने भने पहिल्यै जानकारी आउने गरेको जवाफ दिएका थिए।
चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको तोडफोड, आग्जनी र फोहोरका विषयमा काठमाडौं महानगरपालिको शनिबार विभिन्न ८ वटा शिर्षकमा पूर्व राजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। सार्वजनिक स्थानमा भएको तोडफोड,आगजनी र फोहोरको मात्र विषयमा महानगरले जरिवाना गर्छ। अन्य विषयमा अन्य निकायले कारबाही गर्छन्। तर यी घटनामा पूर्व राजाले जिम्मेवारी लिन्छन् की लिदैनन् चासोपूर्वक हेरिएको थियो।
पूर्व राजालाई जरिवाना गरिएको भन्दै राजावादी र स्वतन्त्र विचार राख्नेहरु काठमाडौं महानगरपालिका र मेयर बालेन शाहको उक्त निर्णयमा आक्रोसित देखिन्छन्।
राजसंस्था पुनस्थार्पनाको मागसहित दुर्गा प्रसाईको अगुवाईमा चैत १५ गतेको कार्यक्रम आयोजना हुने भनिएको थियो जसलाई अन्तिम समयमा संयुक्त जनआन्दोलन समितीले पनि स्वामित्व लिएको थियो।
पूर्व राजा ज्ञानेन्द्रले राजसंस्था फर्काउने जिम्मेवारी संयुक्त जनआन्दोलन समितीलाई दिएको समाचारहरु बाहिर आएका थिए। यी र यस्तै समाचार र घटनाक्रमका आधारमा काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्रलाई जरिवाना गरेको गर्ने निर्णय गरेको थियो।
आगजनी, तोडफोड र दुई जनाको ज्यान समेत गएपछि त्यसै दिनदेखि दुर्गा प्रसाई फरार छन्। रविन्द्र मिश्र, धवल शमशेर जबरालगायत प्रदर्शनमा सहभागीहरु प्रहरी नियन्त्रणमा छन्।
https://youtu.be/gT-iFKKBiuA
जनआन्दोलन समितीका संयोजक भनिएका नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ। प्रहरीले ज्यान मुद्धादेखि डकैतीसम्मका अभियोग उनिहरुमाथी लगाउने तयारी गरिरहेको छ।
आन्दोलनका सहभागीलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहदा पर्दा पछाडि रहेर काम गरिरहेका पूर्व राजाले सार्वजनिक रुपमा केही बताइरहेका छैनन्।
यतिबेला राजावादीहरु दुईवटा तर्क गरिरहेका छन्। पहिलो चैत १५ गते तिनकुनेमा भएको घटनामा सरकार जिम्मेवार छ। सरकारले नै प्रदर्शनकारीलाई भड्काएको आरोप उनिहरु लगाइरहेका छन्। दोस्रो काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई गरेको जरिवाना स्टन्ट मात्र भएको उनिहरु बताइरहेका छन्।

पूर्व राजाको यो घटनामा कुनै सम्बन्ध नरहेको र प्रदशृनकारीले उनको नाम लिएकै भरमा जरिवाना गर्नु विवेकपूर्ण नहुने उनिहरुको तर्क छ। यता पूर्व राजा ज्ञानेन्द्रकै उक्साहटमा चैत १५ को प्रदर्शन अप्रिय बनेको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरकारमा रहेको बताइरहेका छन्। विगतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्का ओलोचना गरिरहेका सत्तारुढ एमालेका नेता, सांसदहरु पछिल्लो घटनाकममा भने उनको तारिफ गरिरहेका छन्।



