काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा मंगलबार शान्तिपूर्ण प्रदर्शन गर्यो।
राजसंस्था पुनर्वहालीको एजेन्डा बोकेको राप्रपाको यो कार्यक्रम चैत १५ मा दुर्गा प्रसाई समूहले गरेको कार्यक्रम विवादित बनेका कारण चासोपूर्वक हेरिएको थियो।

तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतले कार्यक्रमलाई भव्य, संयमित र अनुशासित बनाए। कार्यक्रमबीच राप्रपाका कार्यकर्ताले सडक पनि सफा गरेका थिए।


