काठमाडौं– राजसंस्था पुर्नवहालीको एजेन्डा बोकेर आइतबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने घोषणा गरेको राप्रपाका शीर्षस्थ नेताहरु पक्राउ परेका छन्।
प्रहरीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, सांसद ज्ञानेन्द्र शाहीलगायतलाई पक्राउ गरेको छ।संसदीय दलको कार्यलयबाट बाहिर निस्कँदै गर्दा प्रदर्शन गरेको भन्दै उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

लिङदेनसहितका नेताहरु नयाँ बानेश्वरतर्फ अगाडी बढ्ने तरखरमा थिए।उता नयाँ बानेश्वरमा राप्रपा समर्थकको भिडले पार्टी नेताहरुलाई पर्खिरहेको थियो।
चैत १५ गतेको आन्दोलनमा पक्राउ परेका पार्टीका नेताहरुलाई रिहा गर्नुपर्नेलगायत माग राखेर राप्रपाका नेताहरु आइतबार अघोषित रुपमा गिरफ्तार दिन तयार देखिएका थिए। साँझ प्रहरीले लिङ्देनलगायत नियन्त्रणमा लिइएका सबैलाई रिहा गरेको छ।


