काठमाडौं। शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छिन्। सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएकी हुन्।
देशभरका सरकारी शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन र शैक्षिक हड्ताल चर्काइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छिन्।

शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। दैनिक १२ बजेदेखि ३ बजेसम्म माइतिघरदेखि नयाँ बानेश्वरसम्म उनिहरु हजारौँको संख्यामा उत्रिएर प्रदर्शन गर्ने गरेका छन्।



