काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि कक्षा १२ को परिक्षा स्थगित भएको छ।
राष्ट्रिय परिक्षा बोर्डले मंगलबार साँझ दुई दिनपछि सुरु हुने परिक्षा स्थगित गर्ने निर्णय गरेको हो। उक्त परिक्षा बैशाख ११ गतेबाट सुरु हुँदै थियो। अब यो परिक्षाका लागि अर्को मिती बैशाख २१ गते तोकिएको छ।

सरकारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलन बाबजुत बोर्डले परिक्षा स्थगित नगर्ने निर्णय मंगलबार बिहान मात्र गरेको थियो। आन्दोलनरत देशभरका शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म काठमाडौं नछाड्ने अडान लिइरहेका छन्।
सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएकी थिइन्।



