काठमाडौं। कुनै समयका विश्व चर्चित फुटबलर रोर्बटो कार्लोस नेपाल आईपुगेका छन्।
कार्लोस मंगलबार बिहान काठमाडौं उत्रिएका हुन्। नेपाल सुपर लिग-एनएसएलको निमन्त्रणामा ब्राजिलियन कार्लोस नेपाल आउने पक्का भएको थियो। केही समय अघि केपी ओली कप फुटबलमा विश्व चर्चित जियाँनलुइगी बुफोन नेपाल आएका थिए।

केपी ओली कप आयोजकले बुफोनलाई नेपाल ल्याएको थियो। फ्रेन्चाइज फर्म्याटको नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्स भिड्दैछन्। पहिलो क्वालिफायरमा धनगढीलाई हराउँदै ललितपुर सिटी फाइनल पुगिसकेको छ।


