काठमाडौं। भारत प्रशासित कश्मिरको पर्यटकीय क्षेत्रमा मंगलबार कम्तिमा २६ जनाको गोली हानी हत्या भएको छ। उक्त घटनाको विश्वभरका नेताहरुले निन्दा गरेका छन्।
बन्धुकधारीले पर्यटकको समूहलाई लक्ष्यित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। पहलगाममा उक्त घटना भएको थियो। भारतीय सुरक्षा अधिकारीले आक्रमण कसले गरेको थियो भन्ने स्पष्ट नपारे पनि कश्मिरमा भारतको शासनविरुद्ध लडिरहेका समूहमध्येबाट भएको हुन सक्ने अनुमान गरेका छन्।

उनिहरुका अनुसार कम्तिमा ४ जना बन्धुकधारीले नजिकैबाट अन्धाधुन्द आक्रमण गरेका थिए। आक्रमणकारीको खोजी भइरहेको सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।
भारतको स्विट्जरल्यान्ड भनिने कश्मिरमा पर्यटक लक्ष्यित आक्रमण दुर्लभ घटना हो। कश्मिर पाकिस्तानी भुभाग दावी गर्दै त्यहाँ लामो समयदेखि मुस्लिम विद्रोही समूहहरु भारतविरुद्ध लडिरहेका छन्। त्यस्ता समूहलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप भारतको छ।

