काठमाडौं। आफुलाई सामाजिक अभियन्ता दावी गर्ने आशिका तामाङ व्यक्तिका गोपनियता भंग गर्ने स्तरमा क्रियाकलाप गर्दै आइरहेकी छिन्। पछिल्ला उनका गतिविधिहरु अझ विवादित बन्दै गइरहेका छन्।
तर उनी ती क्रियाकलाप गर्न रोकिने अवस्थामा देखिन्नन्। उनी यसअघि थुनामा पनि पुगेकी थिइन्। तर बाहिर निस्किएपछि उनका पुराना गतिविधिहरुले तिव्रता पाइरहेका छन्।

आफुलाई बर्दि विनाको प्रहरी भन्दै थर्काउँदै गरेका कुराकानी, त्यसको भिडियो रेकर्ड र सामाजिक सन्जालमा राख्ने क्रम उस्तै छ। हामीले यस विषयमा साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौँ।


