काठमाडौं। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्कने बाटो बनाउन आदेश गरेको छ।
शिक्षकहरुले राखेका माग सम्बोधनमा उचित र आवश्यक निर्णय गरी आदेश प्राप्त भएको तीन दिनभित्र काममा फर्काउने बाटो बनाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको हो।

नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता श्रवणकुमार चौधरीसमेतले दायर गरेको रिटमा बिहीबार प्रारम्भिक आदेश गरेको छ। यो आदेशले आन्दोलनरत शिक्षकभन्दा बढी सरकारमाथी दबाब दिएको देखिन्छ।
देशभरका सरकारी शिक्षकहरु तीन साताभन्दा बढी समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। विधालय शिक्षा ऐन जारी हुनुपर्ने लगायत माग राखेर उनिहरुले शैक्षिक हड्ताल गरिरहेका छन्।
शिक्षकहरु काठमाडौंमा जम्मा हुँदा एसईईको उत्तरपुस्तिका परिक्षणको काम हुन सकेको छैन भने कक्षा १२ को पनि परिक्षा स्थगित भएको छ। यस्तै नयाँ शैक्षिक सत्रको पढाई पनि सुरु हुन सकेको छैन।
यस्तो छ सर्वोच्च अदालतको आदेश :






