काठमाडौं। गएको मंगलबार भारत कश्मिरस्थित पहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले शनिबार धर्नाको कार्यक्रम घोषणा गरेका छन्।

आतङ्कबादी समूहको आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको ज्यान गएको थियो। कार्यवहाक अध्यक्ष डा. हरिहर घिमिरे रहेको नेपाल नागरिक अभियानले आतंकबादविरुद्ध एक्यवद्धता जनाउन काठमाडौंको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको हो ।
नेपाली कांग्रेस आदिबासी जनजाती विभागले समेत आतंकबाद विरुद्ध एक्येबदाता जनाउने भएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियनले समेत शनिबार विरोधको कार्यक्रम राखेको छ ।
उनीहरुले घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तीजनक रहेको भन्दै पाकिस्तानको भूमिकामा पनि आशंका व्यक्त गरेका छन्। हिन्दू पर्यटकमाथि मंगलबार भएको आतंकबादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए ।
सुदिपको बुधबार नै बुटबल ल्याएर अन्त्येष्टी भएको छ। सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले पहलगमा पुगेका थिए।





