काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक स्टुवार्ट ल जिम्मेवारी सम्हाल्न आईपुगेका छन्।

शुक्रबार साँझ काठमाडौं उत्रिएका ललाई नेपाल क्रिकेट संघ-क्यानले शनिबार बिहान सार्वजनिक गर्यो। मुलपानी क्रिकेट मैदानमा आयोजित कार्यक्रममा बोल्दै लले आफ्नो प्रमुख लक्ष्य नेपाललाई विश्वकपमा छनोट गराउनु रहेको बताए। यस्तै खराब प्रदर्शन गर्ने खेलाडीहरु अब अनुभवका कारण मात्र टिममा नरहने पनि संकेत गरे।
क्यान सचिव पारस खड्काले नयाँ प्रमुख प्रशिक्षक लबाट तत्कालै अपेक्षा गर्न नहुने बताए। उनले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताभन्दा ठुलो चुनौती नेपालको घरेलु क्रिकेटको संरचना बलियो बनाउनु रहेको बताए।


