काठमाडौं। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग-एनएसएल फुटबलको उपाधि जितेको छ।

शनिबार साँझ भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २-१ गोलले हरायो।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरका इमो इजिकियल र पापा इबु केबेले एक एक गोल गरे।
प्रतियोगिताको उपाधि जितेको ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गर्यो।


