काठमाडौं। विधालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै काठमाडौंमा जम्मा भएका देशभरका सरकारी शिक्षकहरुको आन्दोलन असामान्य बन्दै गएको छ।
आइतबार विजुली बजार-नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल मात्र भएन, झडप पनि भयो। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

त्यसक्रममा शिक्षकहरुले पनि ढुंगा-इट्टा प्रहार गरेका थिए। झडपमा केही घाइते भएको प्रहरीले जनाएको छ।


