काठमाडौं। भारतको उडिसास्थित केआईआईटीमा अध्ययनरत एक नेपालि छात्रा मृत फेला परेकी छिन्।
पर्साको विरगन्ज घर भएर दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेकी प्रिशा शाह बिहिबार साँझ ८ बजे होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

केही महिनाअघि प्रकृती लम्साल पनि सोही कलेजमा मृत फेला परेपछि त्यसले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
प्रिशाको घटनामा छानबिन भइरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यसअघि लम्सालको घटनामा केआईआईटीले लापरबाही गरेको पाइएको थियो।
आफुमाथी दुर्व्यवहार भइरहेको भन्दै उनले पटकपटक उजुरी गरेपनि त्यसमाथी कारबाही भएको थिएन। अन्तत लम्साल झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि विरोधमा उत्रिएका नेपाली विधार्थीलाई कलेजले तत्कालै होस्टल छाड्न निर्देशन दिएपछि त्यसले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।
तर पछि केआईआईटीले सम्पूर्ण घटनाक्रममा माफी मागेको थियो। लम्साललाई त्यसरी दुर्व्यवहार गर्ने विधार्थी पनि प्रहरी नियन्त्रणमा पुगेका थिए।


