काठमाडौं। आवाशीय चिकित्सक र सरकारकबीच सहमती बनेको छ। स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ र आन्दोलनरत आवाशीय चिकित्सकहरु बसेर भएको वार्तामा सहमती बनेको हो।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्नेसहितका विषयमा सहमती बनेको छ।

म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा विषयमा सहमती बनेको बुझिएको छ।
यो सहमतीसँगै आवासीय चिकित्सकहरुले अब आन्दोलन नगर्ने भएका छन्। लामो समयदेखि आवाशीय चिकित्सकहरुले माइतीघरमा आन्दोलन गर्दै आएका थिए। नेपाल चिकित्सक संघलगायतले पनि आन्दोलनलाई साथ दिएका थिए।


