काठमाडौं। आइतबारदेखि कक्षा १२ को परिक्षा सुरु हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डले परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
यसअघि बैशाख ११ गतेदेखि सुरु हुनुपर्ने परिक्षा शिक्षकहरुको आन्दोलनका कारण सरेको थियो। शिक्षकहरुको २९ दिन लामो आन्दोलन फिर्ता भएपछि परिक्षा सुरु हुन लागेको हो।
बोर्डले परिक्षाहलमा मोबाइल लगेको पाइए परिक्षार्थीको परिक्षा रद्ध हुने चेतावनी दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित, आंशिक र ग्रेडवृद्धि तह गरी कूल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्।
परीक्षा सञ्चालनका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थी परीक्षा दिन लागेका हुन्।



