काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।
एनआरएनएलाई विश्वस्तरमा नेतृत्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद-आईसिसीमा श्रेष्ठले जिम्मेवारी पाएका हुन्। यसअघि शेष घले संयोजक रहेको उच्चस्तरीय समितीले एकता महाधिवेशन गर्ने जिम्मेवारी पाएको थियो।

वर्तमान अध्यक्ष बद्रि केसी समूहले भने यो निर्वाचन बहिस्कार गरेको थियो।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।



