काठमाडौं। पाकिस्तानले भारतविरुद्ध औपचारिक रुपमा सैन्य हमला सुरु गरेको छ। अप्रेसन बुन्यान मर्सुस नाम दिएर पाकिस्तानले भारतका सैन्य अखडामा आक्रमण थालेको छ।
त्यसअघि भारतले आफ्ना तीनवटा सैन्य हवाई बेसलाई लक्ष्यित गरेर आक्रमण गरेको पाकिस्तानले जनाएको छ। यसैबीच भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाको लगातारको आक्रमणमा परेर एक जिल्लास्तरका सरकारी अधिकारीको ज्यान गएको छ।

भारत प्रशासित कस्मिरमा अप्रिल २२ तारिखमा २६ पर्यटकको हत्या भएपछि भारतले आतङ्कवादी र उनिहरुको गतिविधि भइरहेको क्षेत्र भन्दै मे ७ तारिखमा पाकिस्तान प्रशासित कस्मिर र पाकिस्तानका गरी विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेको थियो।
पाकिस्तानले उक्त आक्रमणको जवाफ दिने बताउँदै आएको थियो। त्यसयता सैन्यस्तरमा आक्रमण भइरहेको छ।



