काठमाडौं। भारत र पाकिस्तानबीच युद्ध विराम भएको छ।
भारतले मे ७ तारिखमा पाकिस्तान र पाकिस्तान प्रशासित विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेपछि दुई देशका सेनाबीच आक्रमण सुरु भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लाग मध्यस्थता गरेका थिए। उक्त निर्णयपछि पाकिस्तानीमा खुसीयाली मनाइरहेको छ।
पाकिस्तानले विजय प्राप्त गरेको रुपमा यसलाई त्यहाँ मनाइएको छ।
यता भारतले भने पाकिस्तानको रक्षा प्रणालीलाई ध्वस्त बनाएको दावी गरेको छ।
युद्ध विराम भएको जानकारी दिने कार्यक्रममा भारतीय सैन्य अधिकारीहरुले पाकिस्तानले अफवाह फैलाएको पनि दावी गरे।
यता युद्ध विरामको सहमतीपछि दुवै देशले एक अर्कालाई उल्लंघन गरेको आरोप लगाएका छन्।
सिमावर्ती क्षेत्रमा सैन्य हमला भइरहेको भन्दै युद्ध विरामको उल्लंघन भइरहेको दावी भारत र पाकिस्तान दुवै देशका अधिकारीहरुले गरेका छन्।



