काठमाडौं। काठमाडौं उपत्यकाका ठुला र गम्भिर प्रकृतीका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा महिनाभर सर्वोंकृष्ट काम गरेको भन्दै नायब निरिक्षक-सई राजन खड्का पुरस्कृत भएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले सर्वोत्कृष्ट कार्य सम्पादन गरेकोमा खड्कालाई वैशाख महिनाका लागि पुलिस अफ दी मन्थबाट पुरस्कृत गरेका हुन्।

इन्टलिजेन्स र अपराध अनुसन्धानमा सई खड्का अनुभवी मानिन्छन्।



