काठमाडौं। प्रहरीले बैंक तथा वित्तिय संस्थाका स्टेटमेन्टदेखि शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरेर तयार गर्ने गिरोहलाई पक्राउ गरेको छ।
काठमाडौँको तारकेश्वर-७ फुटुङमा कार्यालय खोलेर उनिहरुले विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गर्ने गरेको प्रहरीको दावी छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पर्नेमा गोरखाका अञ्जनी बयलकोटी, ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री छन्।
बयलकोटी मुख्य व्यक्ती हुन्। उनले ८ वर्षदेखि यो काम गर्दै आएको प्रहरीको दावी छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार बयलकोटीले दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेका थिए।
प्रहरीले नक्कली स्ट्याम्पदेखि प्रमाणपत्रहरु पनि बरामद गरेको छ।


