काठमाडौं। चर्चित बलिउड डान्सर नोरा फतेहीले शनिबार साँझ काठमाडौंमा आफ्ना फ्यानहरुलाई नचाएकी छिन्।
बौद्धस्थित हायात होटल परिसरमा राती झन्डै एक घण्टा नोरा नाचेकी थिइन्।

उनी दुबईबाट शनिबार बिहान काठमाडौं आइपुगेकी थिइन्। कार्यक्रममा तेरिया मगर, दुर्गेस थापा, समर्पण लामालगायतले पनि प्रस्तुती दिएका थिए।

