काठमाडौं। ब्रिटिस आरोही केन्टन कुलले १९ औँ पटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेका छन्। ५१ वर्षीय कुल सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने गैह्र शेर्पा हुन्।
कुलले पहिलोपटक सन् २००४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी हरेक वर्षजसो सगरमाथा चढिरहेका छन्। यसबीचमा उनी सन् २०१४,२०१५ र २०२० मा मात्र चढेका थिएनन्।

सुरुका दुईपटक हिम पहिरोका कारण उनी चढेका थिएनन् भने तेस्रोपटक कोरोना महामारीका कारण प्रभावित भएको थियो।
सगरमाथि सबैभन्दा बढी आरोहण गर्ने विश्व कीर्तिमान नेपाली कामी रिताको नाममा छ जसले ३० पटक सर्वोच्च हिमशिखर आरोहण गरेका छन्।


