काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा फैसला नहुँदासम्म जेलमै रहने भएका छन्।
सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुल्सीपुरको आदेशलाई सदर गरेको छ।
नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आधारहरु उल्लेख गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश ठिक भएको ठहर गरेको छ।लामिछानेमाथी सहकारी ठगि मुद्धामा कास्की, काठमाडौं,चितवन र रुपन्देही जिल्ला अदालतमा आरोप पत्र दायर छ। यी चारवटै जिल्लाले उनलाई धरौटीमा छाड्ने थुनछेक आदेश गरेका थिए।

रुपन्देही जिल्ला अदालतको हकमा उच्च अदालत तुल्सीपुरले थुनछेक आदेश उल्ट्याएको थियो। सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध अदालतमा मुद्धा विचाराधिन छ।


