काठमाडौं। भिजिट भिषा सेटिङमा नाम जोडिएपछि अब छानबिनका लागि र नैतिकका आधारमा राजिनामा दिनुपर्छ भनेर दबाब बढ्दै थियो तर गृहमन्त्री रमेश लेखकले शनिबार घुमाउरो पारामा प्रश्न गरे– किन राजिनामा दिनु ?
गृहमन्त्री लेखकले आफ्नो संलग्नता ठाडै अस्विकार गरेका छन् र कसैले पुष्टी गरे आफु राजनीतिबाटै अलग हुने च्यालेन्ज पनि गरेका छन्।
उनकै पार्टिका वरिष्ट नेता शेखर कोइरालाले नैतिकताका आधारमा पनि लेखक गृहमन्त्रीको पदमा बस्न नहुने बताएपछि गृहमन्त्री प्रकरण अझ पेचिलो बनेको छ।
लेखकले गृहमन्त्रालयका कर्मचारीमाथी अनुसन्धान भइरहेका बेला गृहमन्त्रीकै राजिनामा माग्नु तर्कसंगत नहुने दावी गरिरहेका छन्। शनिबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीको राजिनामा माग गरेको थियो। विगतमा लेखकले मन्त्रीमाथी प्रश्न उठेका बेला संसदमा बोल्दै राजिनामाको माग गरेकाले अब लेखक आफै त्यस्तो आरोपबीच पदमा बस्न नहुने र छानबिनमा सघाउनु पर्ने रास्वपाले माग गरेको छ।
लेखकले रास्वपा सभापती तथा तत्कालिन गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि उनको राजिनामा माग गरेका थिए।
लेखकको पार्टी नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेको थियो। लामिछानेपछि लेखक गृहमन्त्री बनेका थिए। यहाँ उल्लेखनीय के छ भने लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुल्सीपुरको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार मात्र सदर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगेले गत साता गृह मन्त्रालयत मातहत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर उनको मोबाइललगायत सामग्रहरु जफत गरेको थियो। अख्तियार स्रोतलाई हवाला दिएर बाहिर आएका समाचारका आधारमा भन्ने हो भने भट्टराई नेतृत्वको त्रिभुवन अन्तर्राष्टिय विमानस्थल अध्यागमन टोलीले दैनिक ५० लाख रुपैयाँ रकम भिजिट भिषा सेटिङबाट उठाउदै आएको थियो।
त्रिभुवन विमानस्थल नेपालको अन्तर्राष्टिय हवाई सिमा भएकाले त्यहा रहने अध्यागमन कार्यालयले कसलाई बाहिर जान दिने नदिने र कसलाई नेपाल छिर्न दिने नदिने अन्तिम निर्णय गर्छ। भिजिट भिषाको आवरणमा मानव तस्कर गिरोहले नेपालीलाई विभिन्न देश र विभन्न काममा पुर्याउने गरेको विगतका अनुसन्धानहरुले देखाएका छन्।
त्यसरी भिजिट भिषाको दुरुपयोग गर्न अध्यागमन कार्यालय, एयरलाइन्सलगायत विभिन्न पक्षहरुको संलग्नता रहने गरेको पाइएको छ।
यसपटक केही घटनाहरु छन् जसका आधारमा गृहमन्त्री लेखक भिजिट भिषा सेटिङमा संलग्न रहने भन्ने आरोप लगाइएको छ। भट्टराईलाई गृहमन्त्री लेखकले आफैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय पठाएका थिए गत असोज अन्तिम साता।
सुरेश पन्थीले त्यहा जिम्मेवारी सम्हालेको ४ महिना मात्र भएको थियो जसको स्थान भट्टराईले लिएका थिए। सामान्यतया कार्यालय प्रमुखलाई कार्यकाल सम्हालेको एक वर्षसम्म काम गर्न दिइने गरिएको छ। कुनै गम्भिर आरोप लागे मात्र हटाइने गरिन्छ। तर पन्थीलाई विना कारण जिम्मेवारीबाट हटाएर भट्टराईलाई त्यहाँ पठाइएको दावी गृह मन्त्रालयकै अधिकारीहरु बताउछन्।
उनै भट्टराईले ७ महिनामै आफै सरुवा मागेका थिए र भट्टराईलाई गृहमन्त्री लेखकले गत मंगलबार सरुवा गरिदिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको सूचना पाएपछि भट्टराईको सरुवा गरिएको अनुसन्धान अधिकारीहरुको दावी छ।
सरुवा भएपनि भट्टराईले त्रिभुवन विमानस्थलबाट रमाना लिइसकेका थिएनन्।
सरुवा हुन लागेको सूचना पाएपछि अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको थियो। नेपाल प्रहरीले भिजिट भिषा सेटिङमा झन्डै डेढ वर्षअघि त्रिुभवन विमानस्थल अध्यागमनका कर्मचारीमाथी ठुलै अप्रेसन चलाएको थियो। अनुसन्धान टोलीको नेतृत्व गरेका थिए डिएसपी गोविन्द पन्थीले।
उनै पन्थी भिजिट भिषा सेटिङमा गृहमन्त्री, उनको सचिवालयदेखि प्रधानमन्त्री र उनको सचिवालयसम्मको भुमिकामाथी आशंका गर्छन।
गृहमन्त्री लेखकले मंगलबार प्रतिनिधि सभा बैठकमा उभिएर जवाफ दिने बताइरहेका छन्। लेखकलाई अनवाश्यक मुछिएको भन्दै शनिबार गृहमन्त्रालयकै लेटर प्याडमा विज्ञप्ती निकालेर खन्डन गरिएको थियो। भष्टचारजस्तो आरोप लागिरहेका बेला गृहमन्त्रीले गृहमन्त्रालयकै लेडर प्याड प्रयोग गर्नु दुरुपयोग हुने भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ।


