काठमाडौं। तत्कालिन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयाशको आरोप लगाउने महिला मृत भेटिएकी छिन्।
जाजरकोट स्थायी घर भएकी ५० वर्षीय रोशनी शाही बालकोटस्थित आफ्नै डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ।

शाही डेरामा एक्लै थिइन्। भित्रबाट चुकुल लगाएको अवस्थामा शाही मृत भेटिएको र सुसाइड नोटजस्तो नोट पनि फेला परेको प्रहरीले जनाएको छ।
शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान काठमाडौं उपत्यकाबाहिर थिए। रोशनीले बलात्कार प्रयाशको आरोप लगाएपनि अदालतले महरालाई सफाई दिएको थियो। शाहीले यसअघि आत्महत्या प्रयाश गरेको र उनी डिप्रेसनको विरामी रहेको समाचारहरु बाहिर आएका थिए।
महरा २०७६ असोजमा बलात्कार आरोपपछि पक्राउ परेका थिए। आफु एक्लै घरमा रहेका बेला महराले मदिरा सेवन गरि बलत्कार गरेको र कुटपिट समेत गरेको दावी महराको थियो।
उनले पछि आफुलाई महराले केही नगरेको पनि निवेदन दिएकी थिइन्। जिल्ला अदालतलबाटै महराले सफाई पाएका थिए। उच्च अदालतले जिल्लाको फैसला सदर गरेको थियो।



