काठमाडौं। भिजिट भिषा सेटिङमा संलग्न रहेको भन्दै राजिनामाको माग भइरहेका गृहमन्त्री रमेश लेखकले आफु निर्दोष रहेको दावी गरेका छन्।
उनले मन्त्रालयको कुनै कर्मचारीमाथी अनुसन्धान हुँदैमा आफुले राजिनामा दिनुपर्ने तर्क ठिक नभएको बताए। बुधबार उनले पत्रकार सम्मेलनमार्फत राजिनामा नदिने बताएका हुन्। गृहमन्त्री लेखकको राजिनामा माग्दै मंगलबारदेखि संसद अवरुद्ध छ।

बिहीबार बजेट भाषणको मिति भएकाले संसद अवरुद्ध भइरहेका बेला त्यो के हुन्छ भन्ने अन्योल छ।



