काठमाडौं– नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमले सफाई पाएका छन्।
उनले कर्तव्य ज्यानको कसुरबाट सफाई पाएका हुन्। जन्मकैद सजाय हुने रौतहट जिल्ला अदालतको फैसलाले उच्च अदालत जनकपुरले बदर गरेको छ।
पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा बम बनाउँदै गर्दा विस्फोट भएर घाइते भएकालाई नजिकै रहेको इट्टाभट्टमा आरोप मारेको आरोप उनीमाथी थियो।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । त्यसयता उनी निरन्तर जेलमा थिए।


