काठमाडौं। आागामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणमार्फत २ खर्ब ३३ खर्ब असुली गर्ने उल्लेख गरे।

उक्त बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब बजेट विनियोजन गरेका छन्।
प्रदेश तथा स्थानीय तहको वित्तीय हस्तान्तरणका लागि अर्थमन्त्री पौडेलले ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन्।

