काठमाडौं। विधुतीय सवारी साधनको आयातमा कर बढ्ने आशामा सवारी साधन भित्र्याएका व्यवशायीहरु जिल्लिएका छन्। सरकारले यसपटक विधुतीय सवारी साधनको आयातमा करलाई यथावत राख्ने निर्णय गर्यो।
५० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कर लाग्छ । ५१ देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लिइने गरिएको छ ।

१०१ देखि २०० किलोवाटसम्मको गाडीमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत लाग्दै आएको छ । २०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा भन्सार ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत तिर्नुपर्छ ।
त्यस्तै ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तःशुल्क ५० प्रतिशत छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे ९ हजारभन्दा बढी विद्युतीय सवारी आयात गरिएको छ । चालु आवको साउनदेखि वैशाखसम्म ९ हजार ८५९ वटा विद्युतीय कार, जीप तथा भ्यान आयात गरिएको भन्सार विभागले जनाएको छ ।

