काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई निलम्बन गरेका हुन्
। उनी बढीमा ६ महिन निलम्बित हुनेछन्। पाण्डेमाथी अनुशासनहिन गतिविधि गरेको आरोप लगाइएको छ। गुरागाईलाई कार्यालय हाजिर गराउन खोज्दा पाण्डे नेतृत्वको महानगर प्रहरीले अवरोध गरेको थियो।

बालेन काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाण्डे उनको प्रमुख सहयोगीका रुपमा देखिएका थिए। काठमाडौं महानगरपालिकामा पछिल्लो समय बालेन र उपमेयर सुनिता डंगोल नेतृत्वको समूहबीच तनाव बढिरहेको छ।



