काठमाडौं। लेमिन यमाल? स्पेनका १७ वर्षीय विंगर। अहिले विश्व फुटबल हल्लाइरहेका किशोर।
पहिलोपटक बेलोन डीअर र फिफा वर्ष खेलाडी जित्न प्रयाश गरिरहेका फ्रान्सका केलियन एमबाप्पेलाई रुवाईरहेका एक राइजिङ सुपर स्टार।

अब हराउन कसलाई बाँकी छ ? अझ भनौँ कोविरुद्ध खेलेको देख्न चाहनु हुन्छ। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग ? त्यसो हो भने तपाईको रहर पुरा हुने देखिएको छ।
एक दशक अन्तर्राष्ट्रिय फुटबलमा राज गरेर करियरको अन्तिम समयमा रहेका मेस्सी र रोनाल्डोसँग सम्भवत् यमालले खेलेको हेर्न पाइँदै छ। मेस्सी र रोनाल्डोको राष्ट्रिय टोलीसँग यमालले कस्तो नतिजा निकाल्नेछन् प्रतिक्षा बनेको छ।
यतिबेला एउटा अनुमान गर्न सकिन्छ लेमिन यमालले एमबाप्पेभन्दा अगाडि बेलोन डीअर र फिफा वर्ष खेलाडी अवार्ड जित्न सक्छन्।
हामी सबैलाई थाहा नै छ, एमबाप्पे आफ्नो आईडल क्रिस्टियानो रोनाल्डोलाई मान्छन्। यमाल लियोनल मेस्सीलाई। यमाल र मेस्सी दुवै बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन्।
रोनाल्डो र मेस्सीको राज विश्व फुटबलमा कमजोर हुँदा गर्दा उदाएका खेलाडी हुन् एमबाप्पे। एमबाप्पेले विश्वकप जितेको ६ वर्पपछि यमाल एकाएक चर्चामा आएका थिए जब उनले १६ वर्षको उमेरमा युरो कप जिते। यसअघि युरो कप थितेर मेस्सीसँगको भेट पक्का गरेका यमालले बिहीबार राती फ्रान्सलाई हराएर रोनाल्डोसँग उपाधि भिडन्त तय गरेका छन्।
आगामी साता स्पेनले नेसन्स लिगको उपाधिका लागि पोर्चुगलको सामना गर्ने छ जसले सेमिफाइनलमा जर्मनीलाई हराएको थियो।
त्यस खेलमा रोनाल्डोले निर्णायक गोल गरेका थिए। रोनाल्डो तीनै खेलाडी हुन् जसले रियल म्याड्रिडबाट ४ पटक च्याम्पियन्स लिग जितेका थिए।
एमबाप्पे रियल म्याड्रिडमा आएपछि त्यहाँ उनले रोनाल्डोको स्थान बनाउन सक्ने अनुमान हुदै आएको छ। तर स्पेनमा एमबाप्पे यमालको छायाँमा परिरहेका छन्।
एमबाप्पे स्पेन आएपछि रियल म्याड्रिडसँग भएका सबै चार खेलमा बार्सिलोनाले जित हात पारेको छ। हरेक जसो खेलमा यमालले महत्वपूर्ण भूमिका खेलेका छन्।
स्पेनले आगामी वर्ष कोपा अमेरिका विजेता र युरो कप विजेताबीच हुने फानलिस्सिमाको उपाधिका लागि अर्जेन्टिनाको सामना गर्ने छन्।
यो खेल हुँदा यमाल र मेस्सिबीच भेट हुन सक्ने छ। सक्ने छ किन भनिएको हो भने मेस्सीले यदि त्यो भन्दा अगाडि सन्याश लिएमा वा घाइते भएमा मात्र भिडन्त टर्ने छ।
यमालले रोनाल्डो र मेस्सीविरुद्ध खेल्लान की नखल्लान अनुमान हुँदै आएको थियो। रोनाल्डो र मेस्सीसँग क्लब फुटबलमा यमालको भेट हुने सम्भावना कम थियो।
त्यसैले यदि उनिहरु भिड्थे भने त्यो राष्ट्रिय टोलीका भिडन्तमा मात्र सम्भव थियो। रोनाल्डो र मेस्सीका टोलीसँग स्पेनलले उपाधि भिडन्त नै गर्ने भएकाले यमालका लागि अर्को अवसर हुने छ।
मेस्सीसँगको भेट यमालका लागि आफ्नो आईडलसँगको भेट हुने छ। गत वर्ष युरो कपमा यमाल चम्किएपछि उनका बुबाले सामाजिक सन्जालमा एउटा तस्विर राखेका थिए, बिगिनिङ अफ टु लिजेन्ड्स क्याप्स लेखिएको त्यस फोटो १७ वर्ष अगाडिको थियो जसमा मेस्सीले त्यतिबेला एक वर्ष पनि पुरा नभएका यमाललाई नुहादिरहेको देखिन्छ।
यही कारण यमाललाई मेस्सीको अर्को रुप पनि भनेर टिप्पणी हुने गरेको छ। मेस्सी जसरी यमालले पनि सानै उमेरमा सफलता हात पारेका छन्। उनले १६ वर्षकै उमेरमा युरो कप जिते, युरो कपको बेस्ट यङ प्लेयर बनेँ। यो सिजन बार्सिलोनाले ला लिगा जित्दा उनले ९ गोल र १३ असिस्ट गरेका थिए। यमाल गोल गर्नेभन्दा बढी प्ले मेकरका रुपमा देखिइरहेका छन्।
सानै उमेरमा तहल्का पिटेका यमालले रोनाल्डो र मेस्सीविरुद्ध खेलेको हेर्न फुटबल प्रेमी आँतुर छन्। तर यमालका लागि अबको लक्ष्य विश्वकप जित्नु हुने छ, क्लबका लागि युरोपियन च्याम्पियन बन्नु हुने छ।
यहाँ उल्लेखनीय के छ भने फानिलिसिमाको अघिल्लो संस्करण अर्जेन्टिनाले जितेको थियो, इटालीलाई हराउँदै। यता नेसन्न लिगको डिफेन्डिङ च्याम्पियन स्पेन हो। पोर्चुगलले सन् २०१९ मा आयोजना भएको पहिलो संस्करण जितेको थियो। सन् २०२१ को एडिसन फ्रान्सले जितेको छ।
पोर्चुगलले अन्तिमपटक जितेको ठुलो प्रतियोगिता नै त्यही थियो। त्यसअघि सन् २०१६ मा युरोकप हात पारेको थियो। यता अर्जेन्टिनाले लगातार ठुला प्रतियोगिता जितिरहेको छ। सन् २०२१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप र सन् २०२४ मा फेरी कोपा अमेरिका जितेको थियो।
जे होस् यतिबेला ३८ वर्षेका मेस्सी र ४० वर्षका रोनाल्डोसँग खेल्दा यमालले के इम्प्रेसन छाड्छन् अझ भनौँ मेस्सी र रोनाल्डोलाई कस्तो अनुभव हुने छ फुटबल प्रेमीहर हेर्न आँतुर छन्।
रोनाल्डो र मेस्सी अन्तर्राष्ट्रिय फुटबल र क्लब फुटबल दुवैमा सर्वाधिक गोल गर्ने शीर्ष दुई खेलाडी हुन्। यी दुई खेलाडीले गरेर बेलोन डीआर मात्र १३ पटक जितेका छन्। यमालले अहिलेसम्म सिनियर राष्ट्रिय टोलीबाट २० खेलमा ६ गोल गरेका छन्। ९ गोल असिस्ट गरेका छन्।


